६५ वर्षका वृद्धले १५ वर्षकी किशोरी भगाएपछि……

एजेन्सी, चैत २९ ।
भारतको सितामढी जिल्ला ग्राम पञ्चायत पिपरा ७ का ६५ वर्षीय मोहम्मद अन्सारीले १५ वर्षकी किशोरीलाई भगाएका छन् । महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको छ ।

अन्सारीले डेढ महिनाअघि सितामढी जिल्ला ग्राम पञ्चायत महादेवपट्टी १५ घर भएकी १५ वर्षीया किशोरीलाई ललाइफकाई महोत्तरीको औरही ल्याएर सँगै राखेका थिए। इलाका प्रहरी कार्यालय गौशालाको टोलीले किशोरीको उद्धार गरेको थियो ।

किशोरीलाई परिवारजनको जिम्मा लगाइएको छ । अन्सारीले विवाहको प्रलोभन दिएर किशोरीलाई ल्याएको र सँगै बस्दै आएको प्रहरीले जनाएको छ ।