४ लाख ऋणमा १ करोडको कागज !

कामाण्डौं, भदौ ४ ।

पीडित नम्बर १ः लखोदेवी चौधरी

सर्लाहीकी ६७ वर्षकी वृद्धा लखोदेवी चौधरी अहिले न्यायको खोजीमा काठमाडौँ आइपुगेकी थिइन् । उनले स्थानीय साहुमहाजन श्यामकृष्ण परदेशी भनिने श्यामकृष्ण साह कलवारसँग छोरालाई विदेश पठाउनका लागि १ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋण १ लाख भने पनि श्यामकृष्णले सेवा शुल्क भनेर २१ हजार कटौती गरेर ७९ हजार रुपैयाँ मात्र दिएका थिए । उसले त्यो पैसा रक्सी र मासुका लागि भनेर लिएको उनले बताइन् ।

श्यामकृष्णलाई हरेक महिनाको १ गते ब्याज बुझाउनु पथ्र्यो । ब्याज बुझाएन भने उसले अर्को जरिवाना लगाएर ब्याज बढाउँथ्यो । ब्याज सस्तो थिएन, सयकडा ५ रुपैयाँ ब्याज थियो । ब्याज तिर्न ढिला भए ब्याजको पनि स्याज लिने उनको नियम थियो ।

उनले ५ महिनाभित्रमा १ लाख ६५ हजार रुपैयाँ दिएर साउँ ब्याज चुक्ता गरिन् । तर उसले पैसा तिरेको कागज दिएन । पछि फेरि उनले ३ लाख रुपैयाँको ऋण मागिन्, उसले कागज गरायो तर पैसा दिएन । तर अहिले उसले पैसा नदिई कागज गराएर त्यसको सावाँ र ब्याजसहित साढे ४ लाख रुपैयाँ मागिरहेको छ ।

पैसा नदिएको भन्दै लेनदेन मुद्दा हालेको छ । अदालतले पठाएको पुर्जी बोकेर न्याएका लागि अहिले उनी काठमाडौँ आएकी छिन् ।

पीडित नम्बर २ः बिना चौधरी

लालबन्दी–५ सर्लाहीकी बिना चौधरीले भारतले गरेको नाकाबन्दीको समयमा श्यामकृष्ण साहसँग ५ लाख ऋण लिएकी थिइन् । बैङ्कबाट पैसा निकाल्न सजिलो थिएन । कतै ऋण पनि नपाइने, अरूसँग बुझ्दा श्याम परदेशीले ऋण दिन्छ भन्ने सुनेपछि छोरालाई पढाउन र उखु खेतीका लागि ऋण लिइन् । ऋण लिँदा श्यामकृष्णले १० प्रतिशत रकम अगाडि नै सेवा शुल्क भनेर काटेका थिए ।

उनले भनिन्– ‘मैले ५ लाख रुपैयाँ ऋण लिएर उसको साउँ व्याज गरेर १३ लाख तिरिसकेँ । तर अहिले श्यामकृष्णले मसँग ३० लाख रुपैयाँ मागिरहेको छ ।’

एकजनाको घर परिवारबाट १० जनासम्मलाई ऋण लिएको कागज बनाउने गरेको उनले बताइन् । व्याज बुझाउन छोरालाई पठाउँदा तिम्रो ममीले ऋण लिएको छ । यसमा सही गरिदेऊ न भनेर उल्टो २० लाख रुपैयाँ ऋण लिएको कागजमा सही गर्न लागाए ।

चौधरीले श्यामकृष्णलाई सोधिन्, ब्याज बुझाउन पठाएको छोरालाई किन सही गर्न लगाएको भन्दा तिमीले ऋण लिएकोमा सही गराउनु परेन भने । तर अहिले उनीसहित उनको छोरा–छोरीलाई लेनदेनको मुद्दा दायर गरेका छन् ।

उनले भनिन्– ‘छोरी अहिले १८ वर्षको भई । छोरीसँग २० लाखको कागज बनायो । छोरा १४ वर्षको भयो उसँग पनि २० लाखको कागज बनाएको छ । उसलाई पनि अहिले पक्राउ पुर्जी जारी गरेको छ । छोरीको जेठाजुले के गरेको रहेछ भनेर बुझ्न जानुभयो तर तिम्रो भाइले सासूले ऋण लिएको छ भनेर उसलाई पनि कागज गराएछ ।’

बिनाले अहिले आफ्नो घरखेत नै लिलाम हुने अवस्थामा पुगेको बताइन् । बुढाबुढी नपेढकालाई कति रुपैयाँको कागज गर्यो भन्ने थाहा नहुने हुँदा ठगिनेहरु धेरै रहेको उनको भनाइ छ ।

उनले भनिन्– ‘एउटै घरका एकजनालाई ऋण दिने र १० जनालाई कागज गराउने गरेका छन् । मैले आफूले लिएको पैसा र ब्याज तिरिरहेँ तर फेरि श्यामले तिम्रो छोराले लिएको पैसा तिर्नुपर्दैन ? भने । उसले कानुन पु¥याएर कागज बनाएको छ । हामी कसरी मुक्त हुने त्यो उपाय खोजिरहेका छौँ ।’

पूरा पढ्नुस्