२ लाख घुसहित नापी सर्वेक्षक पक्राउ
सिरहा, कार्तिक १३ ।
नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले मगंलबार पक्राउ गरेको छ ।
चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार टोलीले जनाएको छ ।
एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको थियो । त्यही श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको बुझिएको छ ।
उक्त रकमका लागि सेवाग्राहीसँग चौधरीले बार्गे्निङ्ग गर्दै आएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले सुनाए । सेवाग्राहीको सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिएको उपरीक्षक केसीले बताए ।