१० वर्षीया बालिकाले गरिन् आत्महत्या, बाबुले बलात्कार गर्न खाेजेकाे आरोप
विराटनगर, बैशाख १७ ।
मोरङमा १० वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेर आत्महत्या गर्न बाध्य पारेको आरोपमा बालिकाका बुवा पक्राउ परेका छन् । बहिनीले आत्महत्या गरेपछि बालिकाकी १४ वर्षीया दिदीले प्रहरीमा बुवाविरुद्ध बलात्कार प्रयास गरेको किटानी जाहेरी दिएकी हुन् । उजुरीपछि प्रहरीले ति बालिकाको बुवालाई नियन्त्रणमा लिएको छ ।
बालिकामाथि दुर्ब्यवहार गरेको आरोप लागेका ति ब्यक्ति उनीहरुका झड्केलो बुवा हुन् । आफ्ना बुबाको दुर्घटनामा मृत्यु भएको र आमाले दोस्रो बिहे गरेपछि तीन बालिकाहरु आमा र झड्केलो बुबासँग बस्दै आएका थिए । प्रहरीका अनुसार गत वैशाख १ गते झड्केलो बुबाले उजुरी गर्ने छोरीलाई जबरजस्ती करणी प्रयास गरेका थिए ।
तर, भागेर बचेकी उनले आफन्तलाई बुबाको व्यवहार बारे सुनाएकी थिइन् । आफूमाथि दुर्व्यबहार भएको १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले बुबाबिरुद्ध जाहेरी दिएकी हुन् ।
दिदीले दिएको उजुरीमा भने बुवाले बलात्कार प्रयास गरी दिएको मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेको दावी गरिएको छ । आइतबार आमाबुवा काममा निस्किएको बेला बालिकाले घरको सिलिङमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । नेपालखवरले लेखेको छ ।