सोमबार नेपाल बन्द हो कि होईन ? (पढ्नुस्)

पोखरा, बैशाख २२ ।
सोमबार नेपाल बन्दको होहल्ला अहिले निकै चलेको छ । तर यो बन्द कसले आह्वान गरेको भन्ने औपचारिक रुपमा सार्वजनिक भने भएको छैन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि सोमबार हुने भनिएको बन्दमा आफ्नो कुनैपनि संलग्नता नभएको स्पष्ट पारेको छ ।

नेकपाले वैशाख २३ गते नेपालबन्द आह्वान गरेको भन्ने कुरा गलत भएको विप्लव समूहका जिल्ला स्तरीय एक नेताले जानकारी दिए । हाल पार्टीले बन्दको कुनै पनि कार्यक्रम नराखेको उनले बताए ।

तर कास्कीका अधिकांश विद्यालयले सोमबार नेपाल बन्द भएकोले स्कुल नआउन विद्यार्थीलाई सुचित गरेका छन् ।