सुचना शक्तिशालि औजार : आयुक्त तिम्सिना
चिप्लेढुङ्गा, मंसिर ७ ।
राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सिनाले नागरीक सचेत भएर सुचना माग्ने संस्कार विकास हुन सके भ्रष्टचारा न्युनिकरण हुने बताएकी छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले सदस्यहरु लागि आयोजना गरेको एक दिने सुचनाको हक सम्बन्धि अभिमुखिकरण तालिममा आयुक्त तिम्सिनाले सूचना शक्तिशालि औजार भएकाले यसको सहि प्रयोगले भ्रष्टाचार न्युकिकरण हुने बताएकी हुन् । सुचनाको शक्ति महत्वपूर्ण औजार भएकोले नागरिकले यस औजारको प्रयोग गरेर सरकार र कर्मचारीलाई जवाफदेहि बनाउन भूमिका खेल्नुपर्ने उनले बताईन् ।
नेपालको संंविधानको धारा २७ मा सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको भन्दै आफ्नो अधिकारको प्रयोग गर्न नागरिक चनाखो हुनुपर्नेमा उनले जोड दिईन् । कानुनमा प्रत्येक नागरिकलाई आफ्ना वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न पाउने अधिकार रहेको उनले उल्लेख गरिन् । आयुक्त तिम्सिनाले सरकारलाई उत्तरदायी, पारदर्शी बनाउन पनि हरेक नागरिकले सुचना खोज्न आग्रह गरिन् ।
कार्यक्रममा मञ्चका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रका महिलाको चौतर्फि विकासका लागि सुचनाको हकले पनि जागरुक हुन सहयोग पुर्याएको विश्वास व्यक्त गरिन् । अब आफुले स्थानिय सरकारको कामकार्वाहीको बारेमा सुचना लिन अग्रसर हुने उनले बताईन् ।
कार्यक्रममा सहभागि शर्मिला न्यौपानेले सरकारलाई पारदर्शी र जिम्मेवार बनाउन सबैभन्दा पहिले नागरिकले सुचनाको हक बुझेर प्रश्न गर्न सक्ने क्षमताको विकास गर्नु आवश्यक रहने धारणा व्यक्त गरिन् ।
सो कार्यक्रममा सञ्चारिका समुह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्मा, मञ्चका सल्लाहकार सारा बोगटी, उपाध्यक्ष पार्वती पाण्डेले सुचनाको हकको महत्वको बारेमा आफ्नो धारणा राखेका थिए ।
अभिमुखिकरणमा मञ्चका ४० जना सदस्यहरुको सहभागिता रहेको सह–सचिव ममता न्यौपानेले जानकारी दिईन् । (रासस)