सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थपियो
काठमाडौं, कार्तिक ७ ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सरकारले सुरक्षा कोषमा सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप गरेको हो । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको थियो
सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा चाडपर्व पर्नगई लामो सार्वजनिक विदा हुँदा रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गरेको सरकारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ । (अनलाइनखबरबाट साभार)