साढे दुई बजेसम्म कास्की–२ मा ५५ प्रतिशत मत खस्यो

 

पोखरा, मंसिर १४ ।

कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे २ बजेसम्म बजेसम्म ५५ प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले दिउँसो साढे २ बजेसम्म ५५ प्रतिशत मत खसेको जानकारी दिए ।

कास्की–२ उपचुनाव हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो । उपचुनावमा ७१ हजार ८७१ जना मतदाता रहेका छन् ।