सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुख प्रमुखलाई हटायो

काठमाण्डौं, कार्तिक १६ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै प्रदेश १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, २ नम्बरका रत्नेश्वर लाल कायस्थ, ३ नम्बरका अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुवँर, ५ नम्बरका उमाकान्त झा, कर्णालीका दुर्गाकेशर खनाल र सुदुर पश्चिमका मोहनराज मल्ल एकैपटक पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को निर्णयलाई समर्थन गर्दै पदमुक्त गरेकी हुन् । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख हटाउन पाउने नियम छ ।