सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि ‘कोर्ट म्यारिज’
अर्घाखाँची, असार २६ ।
नेपालीमाझ एउटा उखाजन निकै प्रचलित छ–लोग्नेस्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन् ।
उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि कोर्ट म्यारिज गरेका छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाँउपालिका–१ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धविच्छेद गरेका थिए ।
आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धविच्छेद गरेको लिलामनी–जमुना दम्पतिलाई अदालतले पुनर्मिलन गराएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रेमनारायण आचार्यले लेखेका छन् ।