सत्तापक्षकै सांसदको सरकारलाई प्रश्न–एयरपोर्ट बनाउन लागेको कि केटाकेटी खेल्ने घर ?

पोखरा, साउन ३१ ।
पोखरामा निर्माणाधिनं क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले संघीय सरकारको कडा आलोचना गरेका छन् । गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद राजीव पहारीले पटक पटकको सरकारी गतिविधीले एयरपोर्ट बन्न नदिने खतरा बढेको आरोप लगाए ।

‘एयरपोर्टलाइ कति जग्गा चाहिन्छ पहिले थाहा हुँदैन ? केटा–केटिले माटोको घर बनाइ खेलेको हो र ? उनले प्रश्न गरे–कहिले ह्यांगर भनेको छ, कहिले के भनेको छ । जनताको घरबास उठाउने गरी पटकपटक अधिग्रहण गर्नु जायज काम हैन । सरकारको ध्यानाकर्षण होस् ।’

सांसद दीपक कोइरालाले कुनैपनि बाहनामा एयरपोर्ट निर्माणको काम रोक्न नहुने बताए । ‘स्थानीयलाई अन्यायमा नपारिकन समस्याको हल खोजिनुपर्छ । जनतालाई दुख दिन पाईंदैन, उनले भने–विमानस्थल बन्नुपर्छ तर जनताको घरबास सुरक्षित गरिनुपर्छ ।’