संसद बैठकका रमिते दर्शक (फोटो फिचर)

पोखरा, फागुन ७ ।
सामान्यतः संसद बैठकमा मोवाईल निषेध गरिएको हुन्छ । सुरक्षाका हिसावले बाहिर राख्ने ठाउँ नभएकाले मोवाईललाई साईलेन्स वा अफ नै गरेर मात्रै बैठक कक्षभित्र प्रबेश गर्न पाईन्छ । संसद भवनभित्र छिर्ने सांसददेखि दर्शकलाई पनि यो नियम लागू हुन्छ । साईलेन्समा राखेर बैठक कक्षभित्र छिरेका दर्शकले जब बैठक सुरु हुन्छ अनि थाल्छन् सेल्फी र आफ्ना मन पर्ने नेताका फोटो खिच्न । आईतबारको बैठक हेर्न पुगेका भिआईपी देखि साधारण दर्शकले पनि त्यस्तै गरे । दर्शक दीर्घामा रहेका उनीहरुले पालैपालो सेल्फी खिचे । कसैले फोटो खिच्न लगाए । अनि कोही चाहीँ चक्लेट र चुईगम बाँड्न थाले । उपसभामुखको चुनाव हेर्न उनीहरु पास लिएर भित्र छिरेका थिए । आईतबार उपसभामुखको चुनाव थियो । होहल्ला नगरी बस्नुपर्ने दर्शक जव उपसभामुखमा एमाले नेतृ सिर्जना शर्मा निर्वाचित भएको घोषणा सभामुखले गरे तोडले ताली बजाउन भ्याए । कोही चाहीँ चिनेका सांसदलाई बाहिरैबाट चिच्याएर बोलाईरहेका थिए । संसदभित्रको मर्यादा बारे पहिले नै जानकारी नगराएका कारण समस्या देखिएको हो । हामीले दर्शकदीर्घामा पुगेका केही रमिते दर्शकलाई क्यामेरामा कैद गरेका छौं ।