विश्व फिजियोथेरापी दिवसका दिन पोखरामा निशुल्क फिजियोथेरापी शिविर हुने

 

पोखरा, भदौ १७ ।

यहि भाद्र २१ गते शनिबार पोखराको चिप्लेढुङ्गामा फिजियोथेरापी शिविर सञ्चालन हुने भएको छ ।

पुरानो दुखाईको लागी फिजियोथेरापी भन्ने नाराका साथ विश्व फिजियोथेरापी दिवसको अवसरमा शनिबार नेपाल फिजियोथेरापि संघ गण्डकी प्रदेश शाखाको आयोजनामा पोखराको चिप्लेढुङ्गगामा बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म एक दिने निशुल्क प्यारालाईसिस, नसा तथा हाडजोर्नी रोगको फिजियोथेरापि शिविर सञ्चालन हुने लागेको संस्थाका सचिव शिव तिवारीले जानकारी दिए ।

विशेष गरी उपचारको पहुँचबाट टाढा रहेका प्यारालाइसिस भएका, मुख बाङगिएका बालबालिकाको शारिरीक विकास ढिलो भएका, नशा च्यापीएका, ढाड दुख्ने, हड्डी खिइएको, बाथ युरिक एसिड सायाटिक जस्ता बिरामीहरुको सफल उपचार प्रदान गरिएको आयोजकले जनाएको छ ।