विद्यालाई खेमराजको बधाई

पोखरा, मंसिर १६ ।
उपनिर्वाचनमा पराजीत भएका निकटम प्रतिश्पर्धी काँग्रेस उम्मेदवार खेमराज पौडेलले विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन् ।

मतगणना सकिएलगत्तै बाहिरिएका पौडेलले माला र खादा लगाएर भट्टराईलाई बधाई दिएका हुन् । उनले जनमतको कदर गर्न सुझाएका छन् । धेरैले यो दृष्यलाई राजनीतिभित्रको असल संस्कारको रुपमा प्रशंसा गरेका थिए ।