वडा तथा टोल स्तरमा नेकपाका चुनाव लक्षित कार्यक्रमहरु तीब्र पारिँदै

 

पोखरा, मंसिर १ ।

नेपाल कम्यूनिष्ट पाटी नेकपाले मतदाताहरुको मन जित्न टोल–टोलमा पुग्ने योजनालाई तीब्र पारेको छ ।

नेकपा कास्की २ को भेलाले २५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा नेतृ गायत्री गुरुङ ‘कुसुम’ले विद्यामा रवीन्द्रको क्षमताको प्रतिविम्व रहेको भन्दै उनलाई जिताएर विकासको मूल फुटाउनुपर्नेमा जोड दिइन् । विद्याजी सम्वेदनाले मात्रै उम्मेद्वार हुनु भएको होइन,‘उनले भनिन्,‘उहाँमा योग्यता, क्षमता र विकासको रोडम्यापपनि छ, उहाँले विद्यार्थी र महिला आन्दोलनमा खेलेको भूमिकाको मूल्यांकन गरेर पार्टीले उम्मेद्वार बनाएको हो ।’ उनले महिलालाई जिताएर महिलाको हक, हित र अधिकारसहित महिला सशक्तिकरणमा थप उचाई लिन चुक्न नहुने बताइन् ।

अम्विका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सिता विक, राधिका शाही योगी, नेकपा नेता कमलमोहन पौडेललगायतले पोखराको मुहार फेर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिएका थिए ।

पोखरा १५ को ठूली मजुवामा परिचालन कमिटि

चुनावी अभियान अन्र्तगत पोखरा १५ मा पनि दिनहुँजसो घरदैलो अभियान चलिरहेको छ । आईतबार सो वडाको ठूली मजुवामा चुनावी घरदैलो तथा कोणसभा गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डले नेकपाको सरकार भएकै बखत ठूला योजनाहरु सुरु भएको र त्यसलाई अनुमोदन गर्न नेकपा उम्मेदवार विजयी गराउन आग्रह गरे । सो अवसरमा नेकपा कास्की सचिव एवं वडा नं १५ का निर्वाचन कमाण्डर बखान सिंह तमु, पोखरा महानगर वडा नं १५ का अध्यक्ष प्रकाश पौडेल, वडा कमिटि अध्यक्ष भक्त बहादुर खत्री, लगायतले नेकपाको विजयका लागि चुनावी यात्रामा सबैले साथ दिनुपर्ने बताए । सो वडामा थप बहादुर थापाको अध्यक्षतामा ५१ सदस्यीय टोल ठूली मजुवा टोल निर्वाचन परिचालन कमिटि बनेको छ ।

उता पोखरा ३३ को लामगादीमा जनजातीहरुको भेलाले सन्देश पुनको संयोजकत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन कमिटि बनाएको छ । कमिटिले टोलमा रहेका मतदाताहरुसम्म पुगेर नेकपाको पक्षमा मतदानको माहौल बनाउने बताईएको छ । नेकपा कास्की सदस्य भीम कार्कीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का शिव प्रसाद आचार्य, वडा सदस्य लील बहादुर श्रेष्ठ, पूर्व गाविस अध्यक्ष यज्ञप्रसाद अधिकारी तथा स्थानीय जनजाती अगुवा हरुको उल्लेख्य सहभागिता थियो ।

पोखरा १६ मा नेकपाको चुनावी अभियान तीब्र

नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ ले प्रचार अभियानलाई तिव्रता दिएको छ । वडाको महिला समितिले भेलाको आयोजना गरी चुनावी प्रचारको रणनितीका विषयमा छलफल गरेको छ । गुमादेवी अधिकारी गौतमको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन उपसमिति गठन गरेको छ । समितिको उपसंयोजकमा सविना राणा र लालशोभा गुरुङ चयन हुनुभएको संयोजक निर्मल आचार्यले जानकारी दिए । उपसमितिले वडाभित्रका आमा समुहसँग चुनावी अन्तक्रिया सहित प्रचारलाई तिव्र वनाउने चनाएको छ । त्यस्तै युवाहरुको भेलाले पनि प्रचार अभियानलाई तिव वनाउने निर्णय गरेको कमिटकिा संयोजक आचार्यले जानकारी दिए ।

महानगर पालिकाकै सवैभन्दा ठुलो वडाको रुपमा रहेको पोखरा १६मा नेकपाले मंसिर ८ र ९ गते उम्मेदवार विद्या भट्राई सहित घरदैलो गर्ने जनाएको छ ।

विद्याललाई कलाकारको दरिलो साथ

चुनावी मैदानमा होमिएकी नेकपा उम्मेदवार विद्या भट्टराईलाई साँस्कृतिक प्रस्तुतिका लागि कास्कीका अग्रज एवं अनुज कलाकारहरुले भरपूर साथ दिएका छन् ।

विगतमा आफ्नो पक्षमा जनमत बटुल्न कलाकारहरुको बलियो साथ पाएको नेकपालाई यस पटकको उप निर्वाचनमा पनि बलियो साथ मिलिरहेको छ । दिनहुँजसो भैरहने चुनावी घरदैलो तथा कोणसभामा साँस्कृतिक नृत्य तथा गायनको माध्यमबाट कलाकारहरुले विद्याको पक्षमा मत मागिरहेका छन् । अग्रज गायक प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दहाल, तारापती सुवेदी, कृष्ण भण्डारी, शिवहरी ढुंगाना, लगायत थुप्रै राष्ट्रिय कलाकारहरुले विद्यालाई चुनावी अभियानमा सघाईरहेको सांस्कृतिक संयोजक मनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।