लुक्लामा हवाई जहाज दुईटा हेलिकोप्टरसँग ठोक्कियो
सोलुखुम्बु, बैशाख १ ।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान समिट एयरको जहाज दुइटा हेलिकोप्टरसँग ठोक्किएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार समिट एयरको कल साइन ९ एन एएमएच जहाज रनवेमा चिप्लिएर सुरूमा मनाङ एयरको हेलिकोप्टर र त्यसपछि श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको हो ।
घटनामा चार जनाको मृत्यु भएको बताइएको छ । एउटा हेलिकोप्टरको क्याप्टेन, हवाइजहाजको को पाइलट र सुरक्षाकर्मीको मृत्यु भएको हो। तर घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारीका रानाका अनुसार तीनजना घाईतेलाई काठमाडौं लगिँदै छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी शालिकराम शर्माले घटनाको पुष्टि गर्दै भने, ’रन वेमा चिप्लिएर समिटको प्लेन श्री एयरको हेलिकोप्टरमा ठोक्किएको छ, हामी उद्धार गरिरहेका छौं, पछि विस्तृत विवरण आउँछ ।’