राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू–डायमण्ड र पुलिस फाइनलमा

 

पोखरा, भदौ १६ ।

पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि यू–डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।

लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको प्रतियोगितामा आइतबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै न्यू—डाईमण्ड र पुलिसले उपाधिको लागि सोमबार फाइनल खेलमा प्रबेश गरेका हुन् ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भएको खेलमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू—डाईमण्डले घरेलू टिम गण्डकी प्रदेशलाई २५–१८, २५–२० २५–१९ को सोझो तीन सेटमा पराजित गरी फाइलमा यात्रा बनाएको हो । सिपोरा गुरुङ सहितका खेलाडी मैदानमा उतारेको न्यू–डाइमण्ड बिरुद्ध गण्डकीले एक सेट पनि जित हासिल गर्न सकेन ।

त्यसै गरी दोश्रो सेमिफाइनल खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई २५–११, २५–७, र २५–६ को सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।

उक्त प्रतियोगितामा समुह ए को विजेता गण्डकी प्रदेश र बीको उपविजेता न्यू–डायमण्ड तथा समुह बीको विजेता पुलिस बिरुद्ध समुह एको उपविजेता श्रीराम खेलकुद विकास समिति दाङ बिच सेमिफाइन खेल भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।

शनिबार स्थगित भएको न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिचको खेलमा पुलिसले जित हासिल गरेको हो । पुलिसले न्यू—डाईमण्डलाई ३२–३०, २५–२२, १५–२५, २४–२६ र १५–५ को सेटमा पराजित गरेको होे । शनिबार नै स्थगित भएको अर्को खेलमा गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५–२१, २३–२५, २५–१७, २५–१९ मा पन्छाएको होे ।

पुलिसले लिगको खेलमा चितवन टाइगर्सलाई २५–२०, २५–१८, २५–१२ को सोझो सेटमा पन्छाएको हो । लिग चरणको अर्को खेलमा श्रीराम खेलकुद विकास समिति दाङले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५–१७, २०–२५, २५–२३ र २५–२१ को सेटमा पराजित गरेको हो ।
प्रतियोगिता अन्र्तगतको फाइनल खेल भने सोमबार २ बजे पछि हुने भएको बताइएको छ ।