राजेन्द्र र उत्तमको जोडी फाईनलमा

पोखरा, भदौ २९ ।
नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी र उत्तम लामाको जोडिले उपाधीका लागि झ्याम्बा ढुण्डुप र करिमुल्ला मुस्लिमको जोडिसंग भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस प्रतियोगिता अन्र्तगत ५५ वर्ष माथिको डबल्सतर्फ बिहीबार भएको सेमिफाइनल खेलमा भण्डारी र लामाको जोडिले पोखराका शिर्ष बरियताका शान्तालाल श्रेष्ठ र बसन्त प्रधानको जोडिलाई ६–२, ६–१ को सहज सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए ।
त्यसैगरि झ्याम्बा जोडिले भारतका प्रदिप कुमार गुप्ता र विएनएस नेगीको जोडिमाथि ७–५, ३–६ र सुपरटाईमा १०–५ को संघर्षपूर्ण सेटमा कठिन जित निकाल्दै फाइनल पुगे । फाइनलमा यि दुई जोडिविच पहिलो पटक प्रतिस्पर्धा हुन लागको हो । भर्खरै ५५ पुगेका भण्डारी पहिलो सहभागितामै फाइनल पुगेका हुन् ।
५५ वर्ष माथिकै एकलमा नेपालका मनोज शम्शेर राणा र भारतका प्रदिपकुमार गुप्ताबिच उपाधी भिडन्त हुने भएको छ । मनोजले पोखराका समिर शेरचनलाई ७–५, ६–४ ले तथा प्रदिपले नेपालका झ्याम्बा ढुण्डुपलाई ६–२, ६–२ को सेटमा पराजित गरेपछि प्रतियोगितामा अन्तिम भेट तय गरेका हुन् ।
३५ वर्ष माथिको एकलमा नेपालका शिर्ष बरियताका कमल भण्डारी र भारतका कमलेश शुक्ला फाइनल पुगेका छन् । कमलले भारतकै दिलिप महंतिलाई ६–२, ६–२ को सहज सेटमा पराजित गरेपछि अन्तिम दुईमा स्थान सुरक्षित पारेका हुन् । कमलेशले भारतकै स्वर्णदिप सिंह ढोंढीलाई ६–०, ६–३ को सेटमा पराजित गरे ।
कमलविद्धरु फाइनल खेल्न लागेका कमलेशले यसअघि भारतकै रेंकिङ्गमा सातौं स्थान हाँसिल गरिसकेका थिए । त्यसैगरि नेपालका उत्कृष्ट खेलाडी श्रीराम मगरलाई उनले दुईवटा प्रतिस्पर्धामा पराजित गरिसकेका छन् भने बि एण्ड बि चाउथेमा भएको अन्र्तराष्ट्रिय टेनिसमा कमलेशले दोश्रो स्थान हाँसिल गरेका थिए । ‘इन्जुरी’का कारण लामो समयपछि कोर्टमा फर्किएका कमलेशले कमलको फिटनेश र उनको ब्याकहण्ड स्लाईस आफ्ना लागि घातक हुन सक्ने बताए । तर पनि फाइनलमा कमलसंग फिप्टी फिप्टीकै टक्कर हुनसक्ने उनको दावी छ ।
४५ वर्ष माथिको एकलमा भारतका चन्द्रभुषणले नेपालका बिमलकुमार गुरुङ्गलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । यस उमेर समुहमा प्रताप मोक्तान र भारतका बालकिसन भाटिया सेमिफाइनल खेल्नेछन् । ४५ वर्ष माथिको डबल्सतर्फ पोखरेली खेलाडी विनोद कायस्थ र धरमबहादुर लामिछानेको जोडि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कायस्थ जोडिले प्रताम मोक्तान र अशोक सिंहको जोडिमाथि ६–१, ५–७ र सुपरटाईमा १०–७ को कठिन जित निकाल्यो । अन्य खेलहरुमा जित हाँसिल गर्दै भारतका अमिताभ चर्तुबेदी र विजय कुमारको जोडि, भारतकै चन्द्रभुषण र हतिन्द्र पनवारको जोडि र भारतकै अरुण अग्रवाल र बालकिसन बाटाईको जोडि पनि क्वाटरफाइनल पुगेका छन् ।