मेयर उपमेयर दुवै काठमाण्डौं, पोखराको कार्यबहाक मेयरमा वडाध्यक्ष पौडेल

पोखरा, भदौ ११ ।
पोखरा महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ काठमाण्डौं छन् । नेपाल नगरपालिका संघको अधिवेशनमा सहभागी हुन दुवैजना काठमाण्डौ गएपछि अहिले पोखरा महानगरमा कार्यबहाक मेयरको रुपमा वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेल तोकिईएका छन् ।

‘म महानगरपालिकाको कामको सिलसिलामा काठमाण्डौं जानुपर्ने भएकोले भदौ १२ गतेदेखि म महानगरपालिकामा फर्की नआएसम्म कार्यबहाक प्रमुखको रुपका कामकाज गर्नुहुन जानकारी गराउँदछु ।–मेयर जिसीले दिएको पत्रमा लेखिएको छ ।’

भदौ १२ गतेदेखि ३ दिनसम्म काठमाण्डौंमा नगरपालिका संघको अधिवेशन हुँदैछ । मेयर जिसी अधिवेशन सकेर पोखरा फर्किनेछन् भने उपमेयर गुरुङको त्यतैबाट जापान जाने कार्यक्रम रहेको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले जानकारी दिए ।

कार्यबहाक मेयर पौडेल नेकपा एमाले तर्फबाट पोखरा महानगरको सचेतक छन् भने वडा नम्बर १९ को अध्यक्ष हुन् । प्रमुख नभएको अवस्थामा जेष्ठताका आधारमा वा मेयरले नै तोकेको ब्यक्तिलाई कार्यबहाक दिन मिल्ने ब्यवस्था छ ।