मुद्रण संघ कास्कीको अध्यक्षमा पदम

पोखरा, माघ १ ।
मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा पदमलाल श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको आठौं साधारणसभा तथा तेश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण), द्धितिय उपाध्यक्ष चिन्तामणी बास्तोला, तृतिय उपाध्यक्ष सुवास सिग्देल, महासचिव जीवन गोर्खाली, सचिव निरञ्जन बजिमय र कोषाध्यक्ष बसन्त बास्तोला निर्वाचित भए । सदस्यहरुमा दिनेशचन्द्र बास्तोला, विष्णुबहादुर अधिकारी, रामप्रसाद भुर्तेल, प्रकाशराज पौडेल र पदम श्रेष्ठ छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कास्की क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य राजीव पहारीले मुद्रण ब्यवसायीलाई परेका हरेक समस्या समाधानका लागि आँफु तयार रहेको बताए । उनले ब्यवासायिक लगानी मार्फत आर्थिक समृद्धी सम्भव भएको भन्दै मुद्रण ब्यवसायले समृद्ध पोखराको परिकल्पनालाई साकार बनाउने विश्वास ब्यक्त गरे । अध्यक्ष महेन्द्र बजिमयको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गिरबहादुर श्रेष्ठ (किरण) ले गरेका थिए । कार्यक्रमकै अवसरमा पोखरामा प्रेस भित्र्याउने संस्थापक मुद्रण ब्यवसायी चित्राङ्गत सिग्देल, कृष्णजी शर्मा तिवारी, तीर्थलाल श्रेष्ठ र बसन्तलाल बजिमयलाई सम्मान समेत गरिएको छ ।