मिस गोरखाका प्रतिश्पर्धीको यस्तो कला

गोरखा, पुस २३ ।
सौन्दर्य कला ब्यबसायी संघ, गोरखाको आयोजना तथा एस.टी. क्रियशनको ब्यबस्थापनमा गोरखामा भईरहेकोे प्रथम मिस गोरखाको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगीताका उत्कृष्ट २० जना प्रतिस्पर्धीले ट्यालेन्ट राउन्डमा नृत्य, हाँस्य प्रहशन, अभिनय, चित्रकला र बौद्धिक कला जस्ता प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । प्रतियोगिताको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रममा निर्णायकहरुमा गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत लाल श्रेष्ठ, गोरेटो गोरखाका कार्यकारी प्रमुख पवन रमण खनाल र नृत्य निर्देशक कबिता थापा रहेका थिए ।
यहि पुसको २७ गते पृथ्बी जयन्तीको दिन गोरखकाली चलचित्र हलमा बिबिध साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुदैछ । पोखराका ५ जना ड्रेस डिजाइनरहरुको कलात्मक डिजाइनमा सजिएका प्रतियोगी मध्येबाट मिस गोरखा उपाधी विजेताले उपाधीको क्राउन सहित पचास हजार रुपैयाँ बराबरको पुरस्कार पाउनेछिन त्यस्तै फस्ट रनर अपले तीस हजार रुपैयाँ बराबरको पुरस्कार, सेकेण्ड रनर अपले बीस हजार रुपैयाँ बराबरको पुरस्कार र थर्ड रनरअपले १० हजार रुपैयाँ नगदको साथै अवार्ड, ट्रफी र प्रमाण पत्र आदी पाउनेछन् भने अन्य उप–विद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्था सौन्दर्य कला ब्यबसायी गोरखाकी अध्यक्ष सुकु श्रेष्ठले जानकारी गराए ।
मिस गोरखा जस्ता सौन्दर्य प्रतियोगिताका कारण कैयौं युवतीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई उनिहरुको ब्यत्तित्व तथा नेत्तृत्व बिकासमा टेवा पुग्ने कुरामा आफु पूर्ण सहमत रहेको जानकारी गराउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने कार्यक्रमका बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्य समितीका उप–प्रमुख जानुका अधिकारी, गोरखा नगर पालिकाका उप–प्रमुख बिना श्रेष्ठ आदी लगाएतले कार्यक्रमको सफलताको शुभकामना सहित आ–आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।