महेन्द्रपुलमा पोखरा मोवाइल टावर

पोखरा, जेठ २८ ।
पोखरा महानगरको केन्द्र महेन्द्रपुलमा पोखरा मोवाइल टावर सञ्चालनमा आएको छ । ५ तले आधुनिक भवनमा सबैजसो कम्पनीका मोवाइल होलसेल बिक्री गर्नेगरी मोवाइलको मात्र बजार सुरुभएको हो ।

पोखरा मोबाइल टावरका ८० वटा सटरमा मोवाइल पसल रहने छन् । अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निशुल्क पार्किङको व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, मोवाइल पाट्सका समेत पसल छन् । ग्राहकलाई मध्यनजर गरी निशुल्क वाइफाइको पनि सुविधा छ । टावरमै कार्यालय रहेको वर्ड लिंकले निशुल्क वाइफाइ उपलब्ध गराएको हो ।

करिब ८० प्रतिशत सटर बुकिङ भइसकेको पोखरा मोवाइल टावर सञ्चालक समिति अध्यक्ष उदय केसीले जानकारी दिए । ‘धेरैजसो सटरबाट कारोबार सुरु भइसकेको छ । बाँकी रहेका केही सटर पनि चाडै बुकिङ हुने अपेक्षा गरेका छौं ।’ बिनाझन्झट एकै स्थानमा छानीछानी मोबाइल खरिद, सर्भिसिङ लगायतका सेवा उपलब्ध रहेकाले टावर मोवाइल पारखीको रोजाइमा पर्ने उनले बताए ।

भिभो, ओप्पोलगायत ९ कम्पनीका सर्भिस सेन्टर रहेको टावरमा ४ वटा बैंकका एटिएम रहने समितिका सचिव नारायण सुवेदीले बताए । अस्वस्थकर प्रतिश्पर्धा, महंगो घरभाडा जस्ता कारणले छरिएर व्यवसाय गर्न असहज महसुस गरेका व्यवसायीलाई टावरमा आउन उनले अनुरोध गरे । व्यवसायको सुनिश्चितताका लागि १५ वर्षसम्मको सम्झौता गर्न सकिने पोखरा मोवाइल टावरले जनाएको छ । आगामी साउन १ गतेबाट टावर पूर्ण रुपमा सञ्चालनमा आउने जनाइएको छ ।