मनास्लु आरोहण गर्दा बेलायती नागरिकको निधन

गोरखा असोज १० ।
मनास्लु हिमाल आरोहणमा गएका एक बेलायती नागरिकको ज्यान गएको छ । ज्यान जानेमा ४७ वर्षीय फिलिप हार्बर छन् ।
आरोहणका क्रममा लेक लागेपछि उनलाई ४ नम्बर बेस क्याम्पबाट तल झारिएको थियो । ४ नम्बर बेस क्याम्पबाट झार्ने क्रममै उनको ज्यान गएको हो ।
उनी ‘हिमालयन गाइड कम्पनी’ मार्फत काठमाडौंबाट मनास्लु पुगेका थिए । उनीहरु आठ जनाको समुहमा थिए । अन्यले भने मनास्लु आरोहण गरिरहेका छन् । लेक लागेर हार्बरको निधन भएको कम्पनीका एमडी ईश्वरी पौडेलले पुष्टि गरेका छन् ।