बृद्धाश्रमलाई सहायोग गर्न म्यागेण्टा नाइट

पोखरा, भदौ २९ ।
बृद्धाश्रमलाई सहयोग गर्न पोखरामा पहिलो म्यागेण्टा नाइट हुने भएको छ । चिरन बरुवाल र राजकुमार कुमालको संयुक्त आयोजनामा म्यागेण्टा नाइट गर्न लागिएको हो ।
असोज ३ गते पोखरा लेकसाईड स्थित मार्किउ डिस्को थेकमा हुने कार्यक्रमको तयारी लगभग पूरा भएको छ । पोखराका युवा पुस्तालाई आकर्षित गरी कार्यक्रम गर्ने र त्यसबाट बचत भएको रकम बृद्धाश्रममा सहयोग गर्ने आयोजक चिरन बरुवालले जानकारी दिए ।
कार्यक्रममा मुख्य प्रायोजन विलास बरुवाल क्षेत्री, प्रतिक्षा बरुवाल र न्यूरोड फुड स्टेसनका संचालक हितकाजी गुरुङले गरेका छन् ।