बाघमारा युवा संगम समूहको भलिवल सुरु बाघमारा युवा संगम समूहको भलिवल सुरु

पोखरा, भदौ १५ ।

पोखरा महानगरपालिका वडा नं ३३ स्थित बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव एवम् स्व.रविन्द्र अधिकारी स्मृति पुरुष भलिवल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले उद्घाटन गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य थापाले युवाहरू राष्ट्रको महत्वपूर्ण शक्ति भएको बताउँदै खेलका माध्यमबाट एकता र सद्भाव अभिबृद्धि हुने विश्वास व्यक्त गरे । उनले स्व.रविन्द्र अधिकारीले देशमा पु¥याउनुभएको योगदानको स्मरण गरे ।

अनेरास्ववियुका विद्यार्थी नेता रश्मी आचार्यले युवा सशक्तिकरणका माध्यमबाट राष्ट्रको समृद्धि सम्भव भएको धारणा राखे ।
प्रतियोगिताको उद्घाटन खेलमा मातृभुमी युवा क्लब, सिंगारेवासले आँकुरा युथ क्लब कसेरीलाई लगातारको सोझो दुई सेटमा पराजित ग¥यो ।

मातृभूमीले पहिलो सेटमा २५–१७ र दोस्रो सेटमा २५–२१ को अन्तरले आँकुरालाई पराजित गरेको हो । जम्मा १० टिम सहभागी प्रतियोगिताको फाइनल खेल यही भदौ १६ गते हुने छ ।

कार्यक्रम अन्तर्गत खुल्ला तीज गीत, छेलो, घैटो फुटाउने, डोरी तान्ने लगायतका प्रतियोगिता राखिएको समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिए ।

भलिवल प्रतियोगिताको प्रथम र द्वितीयलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै खुल्ला तीज गीत प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ ।