बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित

पोखरा, जेठ ३० ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । जेठ २५ गते प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रममाथि सोमबार र मंगलबार दुईदिनसम्म छलफल गरि पारित भएको हो । नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन गरेन ।

सत्तारुढ दल एमाले र माओवादी सहित प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले समर्थन गरेका थिए । नीति तथा कार्यक्रमम प्रदेश सरकारले प्रतिव्यक्ति आम्दानीलाई बढाएर दुर्य हजार पाँच सय अमेरिकी डलर पु¥याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । यो प्रदेशको हालको प्रतिव्यक्ति आय अनुमानित एक हजार एक सय अमेरिकी डलर रहेको छ ।

यस्तै, प्रदेशको गरिबीलाई १४.२ प्रतिशतबाट ७ प्रतिशतमा घटाउने भएको छ । प्रदेशमा आर्थिक–सामाजिक रुपान्तरणका लागि लगानी केन्द्रित गरि प्रदेशको विकास र समृद्धिका लागि लक्ष्यहरु निर्धारण गरिएको छ । नीति तथा कार्यक्रममा सरकारले समृद्धिका पाँच आधार पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारले १ गते बजेट ल्याउने तयारी गरेको छ । असार १ गतेअघि नै बजेट ल्याउनुपर्ने संवैधानिक ब्यवस्था छ । यसका लागि बजेटअगावै सरकारले बजेटसँग सम्बन्धित दुई विधेयकहरु पारित गर्नेछ । प्रदेशको कर तथा गैर कर उठाउने विधेयक र मुख्यमन्त्रीले सरकारले प्रदेशको समृद्धीलाई ध्यान दिएर नीति तथा कार्यक्रम ल्याएको बताए ।

उनले बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी कार्यक्रम सार्वजनिक हुने बताए । सबैको साथले मात्रै सरकारको लक्ष्य पूरा हुने भन्दै सहयोग गर्न प्रतिपक्षीसँग पनि आग्रह गरेका थिए । ‘प्रदेश समृद्ध भयो भने त्यसको जस प्रतिपक्षलाई पनि जान्छ । प्रतिपक्ष र सत्तापक्ष सबैको एउटै साझा एजेण्डा विकास हो, उनले भने–सरकारले समृद्धी उन्मुख कार्यक्रम ल्याएको छ । अव कार्यान्वयनमा तपाईंहरुको पनि साथ चाहिएको छ ।’

नीति तथा कार्यक्रममाथी मंगलबार पनि सांसदहरुले आफ्ना धारणा र सुझाव राखेका थिए । सरकारले २६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।