बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद पक्राउ

काठमाण्डौं, भदौ २४ ।
सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार रत्नपार्क–भैंसेपाटी रुटको बसमा उनले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिहंले जानकारी दिइन् ।

यौन दुर्व्यवहारपछि ती युवतीले प्रतिकार गरेकी थिइन । प्रहरीमा उनले खबर गरेपछि घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद हुन् । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।