बतासलाई पक्रिन कास्की जिल्ला अदालतले पठायो पक्राउ पुर्जी

पोखरा, बैशाख ३ ।
पोखराका ब्यवसायी वीपेन्द्रराज बतास (विपिन) लाई पक्राउ गर्न कास्की जिल्ला अदालतले बाटो खोलिदिएको छ । कास्की प्रहरीको सिफारिसमा अदालतले बतासलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको हो ।

बतास विरुद्ध सोमबार कास्की प्रहरीमा ठगीको उजुरी दर्ता भएको थियो । पोखरा ६ का जनकराज श्रेष्ठ र दालप्रसाद (मनोज) श्रेष्ठले बतासबाट आफूलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको आरोप लगाएका छन् ।

पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ बतासले ठगी गरेको आरोप छ । उनीहरुले लेकसाइडस्थित रामकृष्ण देवकोटाले जग्गा र होटल लेनदेनका क्रममा बतासबाट ठगिएको उनीहरुले बताए । पक्राउ पूर्जी जारी भएपछि बतासलाई पक्रिन प्रहरी परिचालन गरिसकिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।