फुस्रेखोलामा माछा मार्ने प्रहरी नियन्त्रणमा

पोखरा, जेठ ४ ।
पोखराको फुस्रेखोलामा माछा मार्दै गरेका २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । खोलामा विषादी मिसाएर माछा मारेको भन्दै उनीहरुलाई पक्राउ गरि कारबाही थालिएको हो ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा बस्ने ५२ बर्षिय शेर बहादुर तामाङ र ४८ बर्षिय रामजी तामाङ छन् । अर्का गणेश ठकुरी चाहीँ फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । उनीहरुसँगै एक थान जाल र एक थान विषादीको डिब्बा समेत बरामद गरेको छ ।