प्रदेश ४ को सरकारी भाषा गुरुङ र मगर राखौं–मुख्यमन्त्री

पोखरा, चैत ३० ।
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको सरकारी कामकाजको भाषा गुरुङ र मगर बनाउनुपर्ने बताए । संविधानमा भएको ब्यवस्था अनुसार बहुसंख्यक ब्यक्तिले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई छ ।

तमु धिं युकेले पोखरामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचान स्थापित गर्ने अवसर पाएको बताए । गुरुङले अवसर गुम्न नदिन सबैसँग आग्रह समेत गरेका छन् । ‘अहिले पहिचानको बिषयमा कुनै बहस चलेकै छैन । खाली समृद्धी र विकासमा हामी केन्द्रित छौं, उनले भने–पहिचान स्थापित गर्ने यो सुनौलो अवसर गुमाउनु हुँदैन । त्यसको सदुपयोग गरौं ।’