प्रदेश र स्थानीयको अधिकारमा अंकुश, बजेट फ्रिज भए केन्द्रमा फिर्ता 

काठमाण्डौं, असार ६ ।
अन्तरकारकारी वित्तीय हस्तान्तरणअन्तर्गत दिइएको अनुदान खर्च नभए संघीय सरकारको खातामा आउने व्यवस्था गरिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यसअघि यस्तो अनुदान खर्च नभए प्रदेश एवं स्थानीय तहको खातामै रहने व्यवस्था थियो । यस्तो रकम फ्रिज नहुने भएकाले स्थानीय तहले अर्को आवमा त्यसलाई प्रयोग गर्न पाउथे ।

संविधानले स्थानीय तह र प्रदेशलाई दिएको अधिकारविपरीत संघीय सरकारले विनियोजन विधेयक ल्याएर संघीयताको मर्मंमा प्रहार गरेको अर्थ्विद्हरुको भनाइ छ ।