प्रदेशको नाम तमुवान–मगरात राख्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र

पोखरा, चैत ५ ।
प्रदेश ४ को नाम तमुवान मगरात राख्न माग गर्दै संयुक्त संघर्ष समितिले प्रदेश ४ का सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सोमबार ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाए ।
‘प्रदेशको नामाकरण यहाँको आदिबासीको पहिचान झल्किने गरी हुनुपर्छ, विज्ञप्तीमा भनिएको छ–प्रदेश ४ मा गुरुङ र मगरको बाहुल्यता छ । नाम पनि तमुवान मगरात राखिनुपर्छ ।’ उनीहरुले सरकारी कामकाजको भाषा पनि आदिबासी जनजातिको भाषालाई प्राथमिकता दिन माग गरे ।
यसैबीच, जनमुक्ति पार्टीले पनि तमुवान मगरात नामका लागि माग गरेर आजै ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै सभामुख नेत्रनाथ अधिकारीले मागबारे संसदमा छलफल हुने र प्रक्रियामा लैजाने प्रतिबद्धता जनाए ।