प्रतिनिधिसभा बैठक आज

पोखरा, साउन ३ ।
सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् ।

आजै राष्ट्रियसभाको अधिवेशन समेत बोलाइएको छ । दुवै सदनका अधिवेशन अपराह्न ४ बजे सुरु हुनेछन् । आजको बैठकको कार्यसूची सामान्य मात्रै छ ।

आजको बैठकमा एमाले प्रमुख प्रतिपक्षीको हैसियतमा रहनेछ भने कांग्रेस, माओबादी केन्द्र, जसपा, जनमोर्चा लगायतका दल सत्तारुढ हैसियतमा हुनेछन् ।