पोखरालाई स्थायी राजधानी तोकियो, सबै सांसदको समर्थन

पोखरा, असार १८ ।
प्रदेश ४ को स्थायी राजधानी तोकिएको छ । पोखरालाई सर्वस्विकार्य राजधानी तोकिएको हो ।

प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाई बहुमतले राजधानी र नाम तोक्न मिल्ने संबैधानिक ब्यवस्था छ । तर राजधानी तोक्नका लागि प्रतिपक्ष र सत्तापक्ष सबैले समर्थन गरेका छन् । पूर्णमतले राजधानी तोकिएको हो ।

सोमबारको बैठकमा उपस्थित ५२ सांसदमध्ये सबैले पोखरालाई राजधानी तोक्ने पक्षमा मत दिए । सभामा बोल्ने सबै सांसदले पोखरा प्रदेशको राजधानी उपयुक्त भएको भन्दै समर्थन जनाएका थिए ।

सांसद विन्दुकुमार थापको संयोजकत्वमा गठीत समितिले पोखरालाई प्रदेशको राजधानी बनाउन प्रश्ताव गरेको थियो ।