पोखरामा सुरु भो पोलका तार ब्यवस्थापन अभियान
पोखरा, साउन २ ।
पोखरा महानगरपालिका वडा नं ४ वडा कार्यालयले वडाभित्रका सडक पोलमा रहेका अस्तव्यस्त टेलिफोन र केवुलका तारहरु ब्यवस्थापन सुरु गरेको छ । पोलमा टाँगिएका आवश्यकता भन्दा वढी तारले बजारनै कुरुप देखिएको भन्दै वडाको आफ्नै पहलमा केवल र विजुलीका तारहरुलाई व्यवस्थापन गर्न लागिएको हो ।
वुधवारवाट औपचारिक रुपमा तार व्यवस्थापन कार्य सुरु हुने वतार्ईएपनि केवल र ईन्टरनेटका प्रतिनिधिहरु सहभागि भएनन् । केवल संचालकहरु सहभागि नभएपनि वडाले अनावश्यक तारहरु हटाउने काम भने सुरु गरेको छ । विजुलीका पोलमा माकुराको जालो जसरी वेरिएका तारहरुको कारणले बजारनै कुरुप वनाएको छ भने दुर्घटनाको जोखिम समेत वढ्दो छ ।
वुधवार २ वटा पोलका अव्यवस्थित र अनावश्यक तार हटाएको वडा अध्यक्ष शंकरप्रसाद वास्तोलाले जानकारी दिए । ‘नचाहिने तारहरु पोलमा राखेर कुरुप बनाईएको छ । यसलाई ब्यवस्थापन वडा ४ बाट थालनी भएको छ, उनले भने–वडाले सवै पक्षलाई राखेर छलफल गरेर व्यवस्थापन गर्ने निर्णण गरेपनि आज केवल र ईन्टरनेटका प्रतिनिधिहरु आउनु भएन । वडासँग समन्व गर्न नआउनेको पोलवाट तारहरु हटाउँछौँ ।’
पोलमा ७० प्रतिशतको हाराहारीमा तारहरु अनावश्यक रहेको वास्तोलाको भनाई छ । तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिने योजना वडाको छ । महानगरपालिका कार्यालयले पनि विद्यूतिय तारलाई जमिनमुनि व्यवस्थापन गर्ने कामलाई महानगर गौरवका योजनाका रुपमा लिएको छ । वडा नम्बर ४ ले नै औपचारिक रुपमा निर्णय गरेर तारलाई अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको थियो ।