पोखरामा प्रहरीको गाडीले स्कुटर र कार ठोकेपछि तनाव (फोटो फिचर)

पोखरा, माघ १३ ।
पोखराको नागढुङ्गामा प्रहरीको गाडीले कार र स्कुटलाई ठक्कर दिएको छ । शुक्रबार दिउँसो गुडिरहेको कार र स्कुटलाइ ठक्कर दिएको हो ।
प्रहरीको बा १ झ ८०४४ नम्बरको गाडीले ग १ च ४२८९ नम्बरको कार र दुई वटा स्कुटलाई ठक्कर दिएको थियो । दुर्घटना पछि नागढुङ्गामा केही बेर तनाब भएको थियो ।
गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।
तस्बिरः फेसबुकबाट