पोखरामा ढुंगाले हानेर श्रीमानले गरे श्रीमतिको हत्या !
पोखरा, असार २४ ।
पोखराको छोरेपाटनमा श्रीमानले ढुंगाले हानेर श्रीमतिको हत्या गरेका छन् । पोखरा २२ पुम्दीभुम्दी घर भई छोरेपाटनमा बस्दै आएका ध्रुव भन्ने विरबहादुर सुनारले आफ्नै श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेका हुन् ।
४० बर्षिया गंगा सुनारलाई टाउकोमा हानेर उनले हत्या गरेका थिए । श्रीमतिको हत्यापछि फरार भएका उनलाई कास्की प्रहरीले कालिमाटीबाट पक्राउ गरेको हो ।
उनीहरु दुवैजना छोरेपाटनस्थित कुखुरा फार्ममा काम गर्दै आएका थिए । गंगामाया विरबहादुरकी कान्छी श्रीमति हुन् । हत्याको कारणबारे अहिलेसम्म नखुलेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।