पोखरामा घुम्न आएका भारतीय नागरिकको मृत्यु

 

पोखरा, भदौ २८ ।

पोखरामा घुम्न आएका एक भारतीय नागरिकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१ केआई सिङ पुल स्थित रहेको पार्कमा घुम्नको लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षिय प्रभुदास कन्जी महेरको शनिबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

महेर अचानक उक्त पार्कमा लड्न गई बेहोस भएको र उपचारका लागि आफन्तले फिस्टेल अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका हुन् ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।