पोखरामा गुञ्जिए कवी नवराज पराजुली

पोखरा, जेठ १४ ।
पोखरा ३३ भरतपोखरीको शुभतारा युवा क्लवले पहिलो पटक पोखरामा कविता कन्सर्ट गरेको छ । साहित्यीक राजधानी पोखरामा यसअघि साहित्यीक संस्थाले कविता कन्सर्ट भएपनि युवा क्लवले गरेको यो कार्यक्रम पहिलो हो । सकारात्मक परिवर्तनका लागि साहित्य भन्ने मूल नारासहित भएको कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना कविता प्रश्तुत गरे ।
युवापुस्तालाई एकीकृत गरी समाजसेवा र समाज परिवर्तनमा अग्रसर गराउन कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष विनय पौडेल बताउँछन् । ‘धेरै युवाहरु बरालिएर हिडिरहेका छन् । अवसर पाउँदा काम गर्न सक्छन् भन्ने उदाहरण हामीले देखाएका छौं, उनले भने–यो काम अरुले पनि सिकुन् । समाज परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण छ ।’
कवि पराजुलीले ह्याप्पी बर्थडे छोरा, सगरमाथाको गहिराई लगायत बहुचर्चित ९ वटा कविता प्रश्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेसभा सदस्य विन्दुकुमार थापाले युवाहरुको भूमिका सकारात्मक परिवर्तनको पक्षमा हुनुपर्ने बताए । युवा क्लवले गरेका कामहरु प्रशसंनीय भएको भन्दै उनले युवा अवस्थामा नै रुपान्तरणको अभियानमा लाग्न सके देशको समृद्धी सहज हुने बताए । क्लवका अध्यक्ष विनय पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।