पोखरामा खानेपानीको हाहाकार

पोखरा, भदौ २३ ।
नेपाल खानेपानी संस्थान पोखराले पोखरामा पानी आपुर्ति नगर्दा पोखरामा एक साता देखि पानीको हाहाकार भएको छ । पोखराको खानेपानीको मुख्य श्रोत मर्दी खोलाको जलाधार क्षेत्रमा पहिरो गएपछि खानेपानी संस्थाले पोखरामा पानी आपुर्ति गरेको छैन ।

पहिरोका कारण खोलामा लेदो बगेको र लेदो पानी प्रयोग नगरिएका कारण आपुर्तिमा समस्या आएको संस्थानले जनाएको छ । संस्थानका प्रमुख निरन महर्जनले पानी वितरणमा असहजता हुन सक्ने भन्दै धैर्य रहन उपभोक्तालाई आग्रह गरेका छन् ।

पोखराको मुहान खुला खोलाबाट ल्याईने भएकोले थिग्रयाउने प्रविधि छैन । जसका कारण खोलामा बगेको पानी सामान्य प्रशोधन गरेर उपभोक्ताको धारामा पठाईन्छ । महर्जनले भनेजस्तो अहिले पहिरो नझरेको स्थानीयले बताए ।

खानेपानीले पानी आपुर्ति नगर्दा पोखरा बासीले पानीका लागि सरकारी धाराहरुमा लामो लाइन लगाएर पानी भन्नु परेको छ । पोखरा ७ नुवारथोकमा रहेको पानी धारामा दिन रात लामो लाइन हुने गरेको स्थानीयले बताए ।

पोखराको खानेपानी मुहानमा पहिरो, पानी वितरणमा समस्या