पोखराको रानीबनमा विभत्स शव, पहिचान भएन

पोखरा, भदौ २० ।
पोखरा महानगरपालिका २२ पुम्दी भुम्दी स्थित फेवाताल संगै जोडिएको रानीबनमा एक ब्यक्तिको शब भेटिएको छ ।
ड्यामसाईड पारी पट्टि २ सय मिटर माथि अन्दाजी २८÷३० बर्षका जस्ता देखिने पुरुषको शव शब आज विहान फेला परेको कास्की प्रहरीले जानकारी दिएको हो ।

मृत अवस्थामा भेटिएका ती ब्यक्तिको अहिले सम्म नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शव सडेको र अनुहार केही नचिनिने अवस्थामा रहेको छ । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याउने तयारी भईरहेको जनाईएको छ ।