पोखराको न्यूरोडमा शंकास्पद बस्तु भेटियो

पोखरा, बैशाख ७ ।
पोखराको न्यूरोडमा शंकास्पद बस्तु भेटिएको छ । ट्रेड मल नजिकैको भित्री सडकमा शंकास्पद बस्तु भेटिएको हो । झोलाभित्र शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका हुन् ।

यसअघि, न्यूरोडबाट ट्रेडमल छिर्ने गल्लीमा पनि बम भेटिएको थियो । नेकपा विप्लव समूहले बन्द घोषणा गरेको दिन एक महिलाले बम ल्याएर छाडेकी थिईन् । अहिले शंकास्पद वस्तु निष्तेज गर्नका लागि बम डिस्पोजल टोली बिजयपुरबाट आउँदै छ ।

भर्खर खवर पाएकोले प्रहरी टोलि परिचालन गरिएको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

File Photo