पोखराको दिपाङ तालमा डुवेर समिरको मृत्यु

पोखरा, बैशाख १४ ।
पोखराको दिपाङ तालमा माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । तनहूँ घर भई पोखरा ३० सिशुवा बस्दै आएका १७ बर्षिय समिर गुरुङको मृत्यु भएको हो । शुक्रबार राती माछा मार्न गएका उनी तालमा डुवेका हुन् ।

माछा मार्न हिडेका उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा मृत भेटिएका हुन् । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।