पोखराका मेयरले डोजर चलाएर मान्छेलाई बजाए, ३ जना घाईते

पोखरा, असार १ ।
पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् ।

कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी र रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए ।

पत्रकार अधिकारी उपचार पछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठ सामान्य छन् । पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ । उनलाई बढी चोट लागेको छ । कार्यक्रमका प्रमुअ अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मानवहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा प्राविधिक ज्ञान नहुँदा घटना भएको हो । मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममा वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी फिर्के खोलमा खसे ।

पोखरालेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने महानगरको योजना छ । पैदलमार्ग वनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा वाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।

तश्विर-नारायण शाही/पत्रकार