पोखराका बरपिपल नढाल्न उच्च अदालतको अन्तरिम आदेश
पोखरा, साउन १ ।
पोखरा लेखनाथ महानगरपालिकाले धमाधम चौतारी भत्काउने र रुखहरु ढाल्ने काम गरेपछि नागरिक समाज र संरक्षणकर्मीले चासो देखाएका छन् । जथाभावी पर्यावरण नै खतरामा पर्ने गरी भएका यस्ता फडानी रोक्न उच्च अदालतले पनि अन्तरिम आदेश दिएको छ ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले दिएको रिटमाथी सुनुवाई गर्दै उच्च अदालतले कुनैपनि चौतारी नमास्न अन्तरिम आदेश दिएको हो । समितिका तर्फबाट रामबहादुर पौडेलले रिट दिएका थिए । पोखरा महानगरले पछिल्लो समय बजार क्षेत्रका चौतारीहरु धमाधम ढालिरहेको छ ।
पूराना विरुवा धराप भएकोले काँटछाँट गरेको महानगरले जनाएको छ । रुख ढालेपछि पोखराको सौन्दर्यतामा समेत चिन्ता बढ्ने सरोकारवाला बताउँछन् ।