पुष्पा मृत्यु प्रकरण छानवीनको माग सहित नेविसंघको पोखरामा प्रदर्शन

पोखरा, भदौ १२ ।
पोखरा लामाचौरकी पुष्पा केसीको मृत्यु प्रकरण छानवीनको माग सहित नेविसंघ कास्कीले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको छ । घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने भन्दै स्थानीले सोमबार जिल्ला प्रहरी कार्यालयमा नै विरोध गरेका थिए । उनीहरुले अस्पतालले झुटा रिपोर्ट दिएको आरोप समेत लगाएका छन् ।

नेविसंघले पनि आत्महत्या नभई हत्या भएको भन्दै घटनाको छानवीनका लागि दवाव स्वरुप दवावमुलक प्रदर्शन गरेको हो । नेविसंघ कास्कीका सभापति विकास थापाले पुष्पा केसी र निर्मला पन्तको हत्यारा पत्ता लगाई कडा कारबाही सहित समाजमा शान्ति र सुरक्षाको प्रत्याभुत गराउन प्रशासन सँग आग्रह गरे ।

देशमा पछिल्लो समय बलात्कार र महिला हिंसाको घटना अत्यधिक हुन थालेको भन्दै सर्वसाधारणले समेत विरोधका कार्यक्रम गरिरहेका छन् ।