पिएसले लिए मुख्यमन्त्रीको नियुक्ति, शपथ पर्सी (फोटो फिचर)
पोखरा, माघ २९ ।
एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको कुवँरले बताए । मुख्यमन्त्रीको शपथ चाहीँ बुधबार दिउँसो २ बजे प्रदेश प्रमुखको निवासमा हुनेछ ।
आइतबार एमालेको संसदीय दलको नेतामा निर्वाचन भए पछि गुरुङलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । बाम गठबन्धनको सहमतिअनुसार एमालेले ४ नम्बर प्रदेशको मन्त्री पाएकाले गुरुङ मुख्य मन्त्री भएका हुन् । उनि लमजुङ बाट प्रदेशसभामा निर्वाचित भएका सांसद हुन् ।