नेपाल निर्माण व्यवसायी संघको चुनाव–लोकतान्त्रिक प्यानल घोषणा

पोखरा, भदौ १६ ।
नेपाल निर्माण व्यसायी संघ कास्कीको २६ औं साधरणसभा तथा १४ औं अधिवेशन २२ गते हुने भएको छ । अधिवेशनलाई लक्षित गरि नेपाल लोकतान्त्रीक निर्माण व्यवसायी संघ कास्कीले आफ्नो प्यानल घोषणा गरेको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा प्यानल सहितको उमेद्धारी घोषणा गरेको हो ।

उता वाम गठबन्धनको तर्फबाट आनन्द बरालको नेतृत्वमा प्यानल बनाएको छ । लोकतान्त्रिक समुहको बरिष्ट उपाध्यक्षमा बल बहादुर राना, उपाध्यक्षमा दीपेन्द्र मरासिनी, सचिवमा टेक बहादुर भुजेल, सह सचिवमा शिरस कुमार बास्तोला, कोषाध्यक्षमा लिलकाजी गुरुङ, सह–कोषाध्यक्षमा हिरामणी पोखरेल रहेका छन् ।

सदस्यहरुमा होम बहादुर भुजेल, ध्रुर्व बहादुर भट्टराई, ज्ञानेन्द्र घिमिरे, सुमन श्रेष्ठ, बुद्धिमान तामाङ, हिक्मतजंग कार्की रहेपनि छन् । बाम गठबन्धनका तर्फबाट भने अन्य सदस्य र पदाधीकारीको नाम घोषण भएको छैन । उमेद्वार परिचय तथा घोषणा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रबादीहरुको एकता आवश्यक रहेको बताए । उनले काँग्रेसले हार्दा लोकतन्त्र पराजीत हुने र देश खतरामा पर्ने बताए ।

प्रदेश सांसद बिन्दु कुमार थापाले व्यवसायीको हक हितका लागि लोकतान्त्रिक समुहले जित्नैपर्ने दवाव रहेको बताए । नेपाल निर्माण व्यवसायी संघ कास्कीमा ४ सय १३ जना सदस्यहरु रहेका छन् । उम्मेवदारहरुको परिचय प्रकाश खनालले गराएका थिए ।