नेपाललाई दोस्रो सफलता, सन्दीपले कप्तान मुस्तफाको विकेट लिए

काठमाण्डौं, भदौ १४ ।
एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ । नेपालले १३.१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भए । १४ ओभरको खेल चलिरहदा युएईको २ विकेटको क्षतिमा ७७ रन भएको छ ।

यसअघि नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट लिएका थिए । बसन्तले अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराएका थिए । अहिले क्रिजमा चिराग सुरी २१ र रमिज शाहजाद ४ रनमा खेलिरहेका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा जारी खेलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगामी यात्रा सहज हुनेछ ।

आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाब छ । यता, युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।