निष्ठावान उम्मेदवार छानेकोमा मतदातामा खुशी

 

पोखरा, कार्तिक २५ ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ ।

कांग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताले पार्टीले निष्ठावान नेतालाई उम्मेदवार वनाएको भन्दै खुशी प्रकट गरे । उम्मेदवारले पोखरा–७ का सबै टोलमा पुगेर मत मागेका थिए ।

उक्त अवसरमा कांग्रेस उम्मेदवार खेमराज पौडेलले पार्टीले दिएको जिम्मेवारी वहन गर्न आफू कुनै हालतमा पछि नपर्ने बताए । उनले यो चुनावमा अत्याधिक मत दिएर विजयी गराउन आग्रह गरे । उनले देशमा २ तिहाईको सरकारले जनहित विपरित काम गरेको भन्दै निष्ठाको राजनीति सिकाउन पनि आफ्नो उम्मेदवारी भएको बताए ।

पछिल्लो समयमा नेपाली राजनीति बल मिच्याइँमा अघि बढेको बताउँदै उनले यसलाई सही बाटोमा ल्याउनु पर्ने स्पष्ट पारे ।